समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बोलाइयो 

१३ फागुन, काठमाडौँ। सरकार सञ्चालनको लागी बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ ।

सरकारका प्रमुख घटक काँग्रेस-एमालेले निर्माण गरेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्न लागेको हो। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सदस्य रहेका दुवै दलका अन्य नेताहरू सहभागी हुने छन् ।

सरकार सञ्चालनका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।