समाचार

पशुपति क्षेत्रमा गाँजा खाएर हो-हल्ला गर्ने ७५ जना पक्राउ

१४ फागुन, काठमाडौँ । प्रहरीले महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जनाए अनुसार उनीहरूले लागू औषध गाँजा खाएर हो-हल्ला गर्दै उच्छृङ्खल गतिविधि गरेको आरोपमा  नियन्त्रण गरिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र टेकुमा राखिएको छ । 

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षाको लागी सुरक्षाका लागि ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।