समाचार

जसपा नेपालले केन्द्रीय समिति बैठक बोलायो 

१५ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ।  यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी  बैठक आह्वान गरिएको बताइएको छ। 

जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभागका अनुसार बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ। बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ-आफ्नो कार्यक्षेत्रमा भएका कार्य प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसै गरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।