१५ फागुन, काठमाडौँ । प्रहरीले त्रिभुवन विमानस्थलमा सुन सहित उज्बेकिस्तानका चार जना नागरिक पक्राउ परेका छन्। भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रम उनीहरूबाट बाट झन्डै चार किलो तौल रहेको सुन बरामद भएको हो।
भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शङ्का लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको सुन बरामद भएको बताइएको छ। विभानस्थल भन्सारका अनुसार दुबईबाट काठमाडौँ आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरूमध्ये तीन जना महिला र एक पुरुष छन् ।
नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरूको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरूलाई भरियाको रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ ।





