समाचार

पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

१६ फागुन,काठमाडौँ। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।  

चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन  ।

सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहेकी थिइन  । उनी अधिकृत देखिनै न्याय क्षेत्रमा कार्यरत थिइन। 

श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन्।