२० फागुन, काठमाडौँ । आज बिहान ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाइएको छ ।
बोरिङको पाइपबाटै आगोको ज्वाला निस्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले फायर स्टेङ विसरको सहयोगमा लामो समयको प्रयासपछि निभाइएको हो ।स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आएको थिएन।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो ।
करिब १२ बजेतिर उक्त आगोको ज्वाला नियन्त्रणमा आएको बताइएको छ।





