समाचार

भोलिको प्रतिनिधि सभा बैठकमा ५ वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची तयार (हेर्नुहोस् कार्यसूची)

२० फागुन, काठमाडौँ । भोलि बस्ने प्रतिनिधि सभाले अध्यादेश अगाडि बढाउने सम्भावित कार्य सुची तयार गरेको छ । आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।

 गत माघ २४ गते कार्यसूचीमा राखे पनि सरकारले नै अध्यादेश अगाडि नबढाउने आशय प्रकट गरेपछि  सभामुखले  उक्त  दिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची नै फेरबदल गरेका थिए ।

सरकारले अध्यादेश ल्याएको झण्डै एक महिनापछि संसद् बैठकमा अगाडी बढाउने सम्बन्धी कार्यक्रम दोस्रो पटक कार्यसूचीमा चढाएको हो। भोलि बस्ने संसद् बैठकमा पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

 सत्ता समीकरणका मुख्य दुई दल एमाले-काँग्रेसले भोलिको संसद् बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थितिको लागी  ह्विप जारी गरिसकेका छन्।