३ चैत, काठमाडौँ । हिजो हेटौडामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मकवानपुर प्रहरीले चितवनबाट आज पक्राउ गरेको हो ।
शनिवार मकवानपुरमा आयोजित युवा संगठनको अधिवेशन कार्यक्रममा चर्का नारा लगाउँदै बमले दाहालको फोटो जलाएका थिए ।
दाहालले सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमारा भएको भन्दै कडा अभिव्यक्ति दिएपछि आक्रोशित बनेका राजावादी दल राप्रपाका युवा संगठनका नेताले फोटो जलाएका हुन्।





