१० चैत, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समय अघि बैठक सुरु भएको हो।
दिउँसो १ बजे बस्ने गरी डाकिएको बैठक ढिला गरी सुरु भएको हो। आजको बैठकमा भ्रातृ संस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्नेबारे छलफल हुने बताइएको छ । यस अघि बसेको बैठकले भ्रातृ संस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिएको भए पनि महाधिवेशन हुन सकेको छैन।
तर, अधिकांश मुख्य भ्रातृ संस्थाको महाधिवेशन नहुने भएपछि नयाँ पदाधिकारी नियुक्त वा म्याद थप गर्ने भन्नेबारे छलफल गर्न आजको बैठक बोलाइएको बुझिएको छ।
बैठकले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि पार्टीको धारणा तय गर्ने बताइएको छ।





