१३ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेका छन् ।
बैठक सुरु हुनासाथ सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।
अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक सुचारु हुन नसक्ने बताएका थिए।
यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका थिए । आधा घण्टाको लागी स्थगित गरिएको बैठक अझै बस्न सकेको छैन।





