१३ चैत, काठमाडौँ। सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक खुलाउन छलफल थालेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिका दलका नेताहरूसँग सभामुखले संवाद सुरु गरेका हुन्।
प्रतिनिधि सभाको बैठक खुलाउन उनले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका छन्। सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् ।
बिहान ११ बजे बोलाइएको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान यथावत् छ ।





