समाचार

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेलाई सर्‍यो 

१४ चैत, काठमाडौँ । ११ बजे डाकिएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजे मात्रै बस्ने भएको छ।   बैठक सञ्चालनका विषयमा दलहरूबिच सहमति बन्न नसकेपछि २ बजे सारिएको हो।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेपछि बैठक समयमा सुरु हुन नसकेको हो। संसद् सचिवालयले बैठक २ बजे बस्ने गरी तय भएको सूचना सार्वजनिक गरेको छ।  

सभामुखले सभा सञ्चालनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् तर सहमति जुटेको छैन। कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ जवाफ नदिएसम्म बैठक चलन नदिने  विपक्षी दलहरूको अडान रहेको छ।