समाचार

समाजवादी मोर्चाको कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने !

१५ चैत, काठमाडौँ । नेकपा  (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । समाजवादी मोर्चाले काठमाडौँमा गर्ने सभामा आफू नजाने भएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल आफूलाई वक्ताको रूपमा नराखिएकाले दर्शक मात्र बन्न नजाने भएका हुन् । अहिले भृकुटीमण्डप केही बेरमा सुरु हुने सभामा सहभागी दलका अध्यक्षहरूले मात्रै बोल्ने नाम लिस्ट भएकाले सम्मानित नेता खनाल सहभागी नहुने भएका हुन्। एकीकृत समाजवादीको जुलुस रुट मैतीदेवी र शान्ति वाटिकालाई तोकिएको छ। 

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची छ ।

बेथिति एवम् भ्रष्टाचारविरुद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दै छ ।