१७ चैत, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीको सङ्ख्या घटाएको छ। गए राती नै उनको सुरक्षामा खटिएका टोली समेत परिवर्तन गरेको हो।
राति ११ बजेदेखि १२ बजेको एक घण्टाको बिचमा सुरक्षा टोली परिवर्तन गरिएको बुझिएको छ।
यसअघि शाहको सुरक्षामा डिएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो भने अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली खटाइएको हो।
शुक्रवारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको सरकारको निष्कर्ष छ। सोही अनुसार सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्दै सुरक्षाकर्मीको टोली परिवर्तन र सङ्ख्या घटाउने निर्णय लिएको हो।





