१७ चैत, काठमाडौँ । निर्मल निवासले काठमाडौँ महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।
गत शुक्रवार तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा आन्दोलन भएको महानगरले ठहर गर्दै आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड, जथाभाबी फोहर गरेको भन्दै महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई पत्र नै नबुझी फिर्ता पठाइएको बुझिएको हो।
अब महानगरले कुन प्रक्रिया अपनाउँछ त्यो खुलेको छैन। यस अघि सरकारको नेतृत्व गरेको दल एमालेले दरबारमार्गमा सभा गर्दा फोहर पारेको भन्दै महानगरले एक लाख जरिवाना तोके पनि उक्त पार्टीले पत्र बुझेको थिए।





