समाचार

प्रधानमन्त्री अ‍ोलीद्वारा गणतन्त्र पक्षधरको सर्वदलीय बैठक आह्वान 

१७ चैत, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक साँझ ७ बजे सिंहदरबारमा बस्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका हुन्। 

प्रधानमन्त्री सचिवालयका अनुसार गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाइएको हो । बैठकमा शुक्रवार राजावादीहरूको प्रदर्शनका कारण  तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति गतिविधिमा छलफल हुने बुझिएको छ।