१७ चैत, काठमाडौँ । आज ढिलागरी बसेको प्रतिनिधिसभा बैठक भोलीसम्मको लागी स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेको हो ।
आजको बैठकमा पनि सत्ता र प्रतिपक्षबिच सहमति जुट्न नसक्दा बैठक बस्न सको थिएन। सभामुखले बैठक सञ्चालनमा पहल गरे पनि सहमति नहुँदा बैठक स्थगित भएको हो।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै विपक्षी दलहरूले सङ्घीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।





