१७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको छ । उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो।
गत शुक्रवार राति पक्राउ परेका उनलाई केही बेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप गर्न लागिएको हो।
तीनकुने घटनामा संलग्न रहेको भन्दै शुक्रवार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।





