१८ चैत, काठमाडौँ । कोटेश्वरमा रहेको भाटभटेनीमा भएको लुटपाट र तोडफोडबाट ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको बताइएको छ। चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा उक्त क्षति भएको हो।
भाटभटेनीले गरेको मूल्याङ्कनका क्रममा स्टोरमा भएका सामानमा सबैभन्दा ठुलो क्षति पुगेको छ। ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको भाटभटेनीले जनाएको छ।
त्यस्तै भवनमा भएको क्षति मूल्याङ्कन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको छ। फ्रिजर तथा सोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्याङ्कन भएको हो ।
उक्त लुटपाटमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अझै केही पक्राउ पर्न बाकी रहेका छन्।





