१८ चैत, काठमाडौँ । आज बिहानबाट सुरु भएको त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतदान सकिएको छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान चलेको थियो ।
निर्वाचन समितिका अनुसार कुल ३ हजार १ सय १८ मत खसेको छ ।
त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशत मात्रै मत खसेको हो।
अब मुचुल्का उठाएर केही बेरमा गणना सुरु गर्ने तयारी भएको छ। इल्क्ट्रोनिक भोटिङ भएकाले नतिजा छिटै आउने सम्भावना छ।





