१९ चैत, काठमाडौँ । प्रहरीको फरार सूचीमा रहेका दुर्गा प्रसाईँका दूईजना सुरक्षा गार्ड पक्राउ परेका छन्। उनका सुरक्षा गार्ड देवी संग्रौलालाई आफ्नै निवास भैसेपाटीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का विष्णुजंग बस्नेतलाइ बलाकुमारीबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर प्रसाईँ भने फरार रहेका छन्। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधिमा संलग्नलाई पक्राउ पर्ने क्रम जारी छ ।
सो क्रममा संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउको सूचीमा रहेका प्रमुख नाइके प्रसाईँ भने भागेर भारत पुगेको निष्कर्ष प्रहरीले निकालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा आइतबार ४१ जनाविरुद्ध म्याद गरेर अनुसन्धान थालेको छ।





