समाचार

तीनकुने प्रकरण : आगजनी र लुटपाटमा संलग्न थप १८ जना पक्राउ 

१८ चैत, काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न थप १८ जना पक्राउ परेका छन्।  राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको हो। 

 घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी राखेको छ। हिजो सोमबार मात्रै प्रहरीले  फरार रहेका दुर्गा प्रसाईँ निकट विष्णुजंग बस्नेत, देवी संग्रौला र सितादेवी राईलाई पक्राउ गरेको थियो । प्रहरीले आज मंगलबार पुनः १८ जना पक्राउ गरेको हो। 

प्रहरीले यसअघि  ४१ जनालाई  पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। तीनकुने घटनाका मुख्य नाइके रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने फरार रहेका छन्।  उनलाई प्रहरीले खोजिरहेको छ।