२० चैत, काठमाडौँ । शिक्षक महासङ्घको अगुवाइमा काठमाडौँका विभिन्न स्थानबाट शिक्षकहरूले र्याली निकालेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्।
र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने बताइएको छ। सरकारले आफ्ना मागहरू सुनुवाइ नगरेको भन्दै शिक्षकहरूले नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौँ आएका हुन् ।
र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने र भोलीबाट अझै शिक्षकहरू थपिने महासङ्घले जनाएको छ।





