२० चैत, काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा भिडलाई उकासेको आरोपमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल समसेर जबरा सहित ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालत लगिने भएको छ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई काठमाडौँ जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइन लागेको हो।
आपराधिक उपद्रव र सङ्गठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । आज पुनः म्याद थपको लागी अदालत पेस गर्न लागेको हो।





