बाग्मती

केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले

१३ साउन,गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिएका हुन् ।

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उनिहरू जहाँ बसेको र सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उनिहरू त्यहाँ कोठा खोजेर बसेका रहेछन् ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनिहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिएका हुन् । उनिहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।