२४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा आगलागी भएको छ । आज जेएनजी समूहका युवाहरू गई प्रधानमन्त्री केपी शर्मा ओली निवासमा आगलागी गरेका हुन् ।
हिजो १९ जना युवाको नरसंहार भएपछि थप आक्रोशित बनेका जेएनजी समूहका युवाहरू प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा गई तोडफोड र आगलागीमा संलग्न भएका हुन् ।
भैसीपार्टीस्थीत मन्त्री क्वाटरमासमेत आगजनी र तोडफोड भएको अवस्था छ । देशको सुरक्षा व्यवस्था सरकारको नियन्त्रणभन्दा बाहिर गइसकेको अवस्था विद्यमान देखिएको छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगलागी र तोडफोड गरिसकेका छन् भने नेपाली काँग्रेस र नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय आगलागी र तोडफोडपछि जेएनजीको कब्जामा छ ।





