२४ भदौ, काठमाडौँ । आज राती १० बजेदेखि लागू हुने गरी मुलुकको समग्र सुरक्षा नेपाली सेनाले गर्ने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गर्दै धन सम्पत्ति लुटपाट गर्ने, आगजनी गर्ने लगायतका अराजक गतिविधिहरू नरोकिएको खण्डमा आज राती १० बजेदेखि नेपाली सेनालगायतका सुरक्षाकर्मीको मातहतमा रहेर जनधनको सुरक्षाका लागि लाग्ने जनाएको छ ।
हिजो मात्र १९ जनाको निधन भएको जेएनजी आन्दोलनमा आज पनि केही व्यक्तिको निधन भएको अवस्था छ भने अझै दर्जनौँ आन्दोलनकारीहरू घाइते भएका छन् ।
यस अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्था बिद्यमान छ भने सर्वोच्च अदालत, संसद् भवन, सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगहरू जलेका छन् ।
नेपाली सेनाले अवस्था हेरेर जनतासँग कुरा गर्दै जाने र त्यसका लागि सहयोग गर्न जनतालाई आग्रहसमेत गरेको छ ।






