२७ भदौ, काठमाडौँ। नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीको नेतृत्वमा काठमाडौँको गाेँगबु क्षेत्रमा प्रजातन्त्र र संविधानका पक्षमा आन्दोलन सुरु भएको छ ।
आज नेता केसीको नेतृत्वमा संविधान रक्षाका लागि भन्दै उक्त र्याली भएको हो ।
हिजो नेविसंघ, तरुण दललगायतका काँग्रेसका भातृ संस्थाले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको अवस्थामा आज गाेँगबु क्षेत्रबाट उक्त आन्दोलन सुरु भएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलहरूले सदस्य प्रणाली वा संविधानको मर्म र भावनाभन्दा बाहिर गएर सरकार निर्माण नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराइसकेको यो अवस्थामा राजनीतिक दलहरू एक भएर प्रदर्शन वा आन्दोलनमा उत्रन भने सकेका छैनन् ।
शुसिला कार्की प्रधानमन्त्री बन्ने निश्चित भइसकेको समाचार आईसकेको यस घडीमा संसद् विघटनको विषयमा अडेको बताइएको छ । जेएनजी आन्दोलनका कारण मानवीय र भौतिक क्षति भई जेएनजीको मागअनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रयास भइरहेका बेला काँग्रेसको गाेँगबुमा प्रदर्शन भएको छ ।





