समाचार

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

१५ कात्तिक, बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

बिहान १० बजे धनगढीबाट उडेको फ्लाइट नम्बर २२२ को विमानमा प्राविधिक समस्या देखिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको हो ।

विमानमा हाइड्रोलिक प्रणालीमा समस्या आएपछि रनवेमा केही समय विमान रोकिएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उनका अनुसार, ल्यान्डिङ गियर नखुल्दा विमान करिब ४० मिनेटसम्म रनवेमा रोकिएको थियो ।

साढे १२ बजे समस्या समाधान भएपछि विमानलाई टर्मिनल पार्किङ क्षेत्रमा सारिएको र हाल विमानस्थल सञ्चालनमा आइसकेको राउतले बताए ।

विमानमा रहेका ८२ जना यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । यात्रुलाई काठमाडौं पुर्‍याउन श्री एयरलाइन्सले अर्को विमान पठाउने तयारी गरेको जनाएको छ ।