समाचार

राणाले असन्तुष्ट नेताहरूको बैठक आज बालुवाटारमा बोलाए

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले आफ्ना पक्षका असन्तुष्ट नेताहरूको बैठक आज बोलाएका छन्।

बैठक अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने तय गरिएको छ। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आगामी केन्द्रीय समिति बैठकमा आफ्नो समूहको धारणा तय गर्नका लागि आजको छलफल बोलाइएको हो।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गते केन्द्रीय समितिको बैठक आह्वान गरिसकेका छन्।