१८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङविरुद्ध उक्त मुद्दा दायर गरेका हुन् । उनले आफ्नो पदबाट गैरकानूनी रूपमा हटाइएको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन् ।
मन्त्रालयले केही दिनअघि शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाई नयाँ नेतृत्व नियुक्त गरेको थियो । सो निर्णयप्रति असन्तुष्टि जनाउँदै शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।





