१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जेएनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबारे प्रहरीमा जाहेरी दिएका छन्।
जाहेरी दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा दिएको हो। परिसरका एसएसपी रमेश थापाले अदालतको तर्फबाट जाहेरी आएको पुष्टि गर्दै भने, “अब अनुसन्धान अघि बढ्नेछ।”
जाहेरी पर्नासाथ प्रहरीले अदालतमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीमा ल्याउन खोजी सुरु गरेको जनाएको छ।
जेएनजी आन्दोलन २३ र २४ भदौमा भएको थियो। यस क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।





