१८ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेलाई तोकिएको छ ।
आज प्रहरी प्रधान कार्यालयले केहीदिन अगाडीमात्र बढुवा भएका सुनसरी निवासी काफ्लेलाई प्रहरी प्रवक्तामा नियुक्त गरेको हो ।
आज प्रहरी प्रधान कार्यालयले जनसम्पर्कका लागिसमेत राम्रो क्षमता भएका काफ्लेलाई प्रहरी प्रवक्तामा नियुक्त गरेको जानकराी दिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्ने कार्य प्रवक्ता काफ्लेको जिम्मेवारीमा पर्दछ ।





