२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकले बिजनेश इन्टेलिजेन्स अफिसर पदमा जूनियर र सिनियर अफिसरका लागि कर्मचारी माग गरेको छ। बैंकको अनुसार, इच्छुक उम्मेदवारले डेटा साइन्स, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स वा सम्बन्धित विषयमा न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ।
स्नातकोत्तर तहको योग्यता सहितका उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। सो पदमा आवेदन दिन इच्छुकले मंसिर ३ भित्र आवेदन पेश गर्नुपर्नेछ।






