समाचार

रास्वपाले समानुपातिक उम्मेदवार शुल्क ५० हजार तोक्यो

२४ कात्तिक, काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ। आवेदन २२ कात्तिकदेखि खुला भएको छ र बन्द सूची १८–१९ पुस पेस हुने तय गरिएको छ।

उम्मेदवार छनोटका लागि सहमहामन्त्री विपीन आचार्य नेतृत्वमा मूल्यांकन समिति बनाइनेछ। उम्मेदवारले वैध आयस्रोत र सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गर्नु पर्नेछ।

अनलाइन वा भौतिक रूपमा आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ। उम्मेदवार छनोटमा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र अन्य विधि प्रयोग गरी अन्तिम सूची तय गरिनेछ।