२४ कात्तिक, काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्।
नेकपा एमालेबाट निष्कासन भएपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। एमालेले आफ्ना पुराना नेताहरुलाई फर्किन आह्वान गरेको थियो, तर रावल एमालेमा फर्किएनन्। हिजो (आइतबार) उनले नेकपाका नेताहरूसँग सकारात्मक वार्ता गरेका थिए।
वार्ता अनुसार, आगामी बुधबार कात्तिक २६ मा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेकपामा समाहित हुने भएका छन्।
कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।





