२५ कात्तिक, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
सोमबार साँझ घरबाट करिब ५०० मिटर टाढा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
मृतकका सुनचाँदीका गहना समेत लुटिएको पाइएको छ। स्थानीयका अनुसार उनी मिटरव्याज पीडित थिइन्, त्यसकै कारण हत्या भएको आशंका प्रहरीले गरेको छ।





