२६ कात्तिक, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले आज गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । मागपत्र समूहका माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् ।
वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईका अनुसार वार्ता आजका लागि सकिएको छ । मागपत्रमा संविधान खारेज, राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र बैंक ऋण मिनाहाजस्ता मागहरू छन् ।
समूहले नेपालमा नेपालीको व्यापारिक अधिकार सुनिश्चित गर्न, पुरानो ५ विकास क्षेत्र र १४ अञ्चल पुनःस्थापना गर्न तथा खाडीका जेलमा रहेका करिब ७ हजार नेपाली युवालाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।
यस्ता छन् प्रसाईं समूहका २७ बुँदे माग:











