समाचार

भीम रावलको नयाँ यात्रा : ‘मातृभूमि जागरण अभियान’ अब प्रचण्ड–माधवको पार्टीमा

२६ कात्तिक, काठमाडौं । एमाले छोडेका भीम रावलले आज औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । रावलसँगै श्रमजिवीका महासचिव प्रमोद नारायण यादव पनि उक्त पार्टीमा समाहित भएका हुन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत रावल र यादवलाई स्वागत गरिएको थियो । सो अवसरमा रावलले सात बुँदे सहमति गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका प्रस्तावक भीम रावलको हस्ताक्षर रहेको छ । हस्ताक्षरपछि सभाभित्रै एकता औपचारिक घोषणा गरिएको थियो ।