समाचार

स्काउटको जग्गामा पूर्व मन्त्री खड्काले बनाएका संरचनामा महानगरको डोजर

२७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले निर्माण गरेका संरचना डोजर लगाएर भत्काएको छ।

खड्काले स्काउटको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए तर लामो समयदेखि भाडा तिरेका थिएनन्। भाडा चुक्ता गर्न स्काउटले दिएको सात दिनको म्याद आज सकिएपछि महानगरले संरचना हटाएको हो।

संरचनामा डोजर चलाऊन काठमाडौं महानगरपालिका सगै सुधन गुरुङ पनी पुगेका छन् ।