समाचार

मधेश उपसभामुखको घोषणा: पाँच सांसदमाथिको कारबाही खारेज

२८ कात्तिक,काठमाडौँ । सभामुख रामचन्द्र मण्डलले लगातार बैठकमा नआएको भन्दै पाँच सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि मधेश प्रदेशमा राजनीतिक हलचल छाएको छ।

तर केही बेरमै उपसभामुख बबिता कुमारी राउत ईशरले ती सांसद कात्तिक २२ गतेको महत्वपूर्ण बैठकमा उपस्थित रहेको हाजिरी र भिडियो प्रमाण भन्दै सभामुखको कारबाही बदर गरेको घोषणा गरिन्।

उपसभामुखले सभामुखको कदम “आवेग र प्रतिशोध”मा चलाएको आरोपसमेत लगाएकी छन्।