३० कात्तिक, काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र होटलमा शपथ विवाद चर्किरहेका बेला सात दलीय गठबन्धनका सांसद आइतबार पनि प्रदेश सभा भवनअगाडि धर्नामा बसेका छन्। नेपाली काँग्रेससहितका सांसदहरूले सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग राख्दै बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।
२४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुखले एमाले नेता यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरी होटलमै शपथ दिलाएपछि सात दल निरन्तर विरोधमा छन्। उनीहरूले मुख्यमन्त्री नियुक्ति बदर गर्न सर्वोच्चमा रिट दर्ता गर्नुका साथै सभामुखविरुद्ध महाअभियोग पनि दर्ता गरेका छन्।





