९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा नयाँ कमाण्डरको नियुक्ति गरिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीलाई उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिने निर्णय सरकारले गरेको हो।
२४ कात्तिकमा एआईजी दानबहादुर कार्की आईजीपीमा बढुवा भएपछि सो पद खाली थियो। मन्त्रिपरिषद्को निर्णयसँगै एआईजी ईश्वर कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो।
कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्जका रूपमा कार्यरत कार्की एआईजीमा बढुवा भइसकेका छन्। उनी बुधबार दर्ज्यानी चिह्न लगाएपछि औपचारिक रूपमा कमाण्ड सम्हाल्ने तयारीमा रहेको स्रोतकाे भनाइ छ।





