राजनीति

पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैनः काँग्रेस नेता बस्नेत

९ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेसको महामन्त्री द्वय  गगन कुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन तोकिएको समयमा हुने प्रतिबद्धतामा नेपाल तरुण दलका पूर्व अध्यक्षसमेत रहेका उनले कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने भन्दै आक्रोश पोखेका हुन् । 

उनले स्ट्याटस लेख्दै पार्टीको महाधिवेशन विशेष रूपमा नहुने भन्दै निर्वाचन हुँदा सभापति शेरबहादुर देउवाले नै टिकट बाँढ्ने कुरा पनि प्रस्ट्याएका छन् नेता बस्नेतले ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ भन्दै उक्त कुरा बताएका हुन् । 

नेपाली काँग्रेसमा महाधिवेशन नियमित र विशेषको विषयमा पार्टी नेतृत्वबिच कुरा मिल्न नसक्दा पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको विषयमा निर्णय गर्न सकेको अवस्था छैन ।