समाचार

कारागारमा भेटिएका सम्बन्ध, जेल छुटेपछि फेरि हत्या

१९ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भई जेल बसेका बुद्धिराम दराईले जेलबाट छुटेपछि फेरि हत्या गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर–६ घर भएका ४७ वर्षीय दराईलाई पक्राउ गरेको छ। उनी पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको आरोपमा रहेका छन्।

३१ चैत २०८१ मा लमजुङको बेसिसहर नगरपालिका–२ भकुण्डेमा महिलाको शव भित्र परेको खबर आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। मृतक कँडेलको शव बक्स पलङको मुनि त्रिपालले बेरेर लुकाइएको अवस्थामा भेटिएको थियो। अनुसन्धानमा बुद्धिरामको संलग्नता पुष्टि भएपछि सीआईबी टोली परिचालित गरिएको थियो।

८ महिनादेखि फरार दराईलाई रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार पक्राउ गरिएको छ। उनले यसअघि पनि विवाह सम्बन्धी विवादका कारण गोरखाको साविक फिनाम–५ घर भएकी ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए। उनी जेल चलान भएका थिए।

सीआईबीका अनुसार, भीमफेदी कारागारमा हुँदा बुद्धिरामको हत्या गरिएको पूर्व हवल्दार कँडेलसँग सम्बन्ध रहेको र जेलबाट छुटेपछि उनीकै हत्या गरेको घटना बाहिर आएको छ।