बाग्मती

ललितपुर–२ कांग्रेस: ८ जना आकांक्षी, प्रत्यक्षतर्फ चित्रकार सर्वसम्मत

२६ मंसिर, ललितपुर । नेपाली कांग्रेस क्षेत्र नम्बर २, ललितपुरले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिश सूची सार्वजनिक गरेको छ। सिफरिस हुने आकांक्षी हुनेहरुमा खुलातर्फ ८ र समावेशी समूहतर्फ ५ जना रहेका छन् ।

जटिल परिस्थितिमा जनता र कार्यकर्ताका लोकप्रिय नेता रामकृण चित्रकारलाई पार्टीबाट उम्मेदवार बनाउनु पर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरी सिफारिस गर्ने निर्णय गरेको छ । आकांक्षी खुलातर्फ प्रेमकृष्ण महर्जन, चन्द्र महर्जन, बाबुराज चित्रकार, ललिता खनिया, अनन्त प्रकाश श्रेष्ठ र रिसा श्रेष्ठ दिवाकर नेपाल सिफारिश भएका छन्।

त्यस्तै समावेशी समूहतर्फ फरिन्दा महर्जन (बागमति प्रदेश सभाको समानुपातिक बन्द सूचिमा रहेको), नन्द किशोर शाही, मोहम्मद मुकिम खान, शान्ति लक्ष्मी महर्जन र रुकूदेवी सापकोटा सिफारिश भएका छन्।

सिफारिश सूची जिल्ला समितिमा पठाइएको र अन्तिम निर्णय केन्द्रीय नेतृत्वले गर्ने जनाइएको छ।