२७ मंसिर, काठमाडौं । नेकपा एमालेले आगामी महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकको निर्णयअनुसार आज मनोनीत प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सिफारिसमा प्रतिनिधि छनोट गरिएको बताइएको छ । सचिवालय बैठकले महाधिवेशनमा निर्वाचित तथा पदेन हैसियतबाट सहभागी हुने कुल प्रतिनिधिको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो ।








