समाचार

एमाले ११औं महाधिवेशनको बन्दसत्र आजदेखि, नेतृत्व चयनको तयारी

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा मध्यान्ह सवा १२ बजेपछि प्रारम्भ हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बन्दसत्र अघि बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ । उक्त बैठकमा बन्दसत्रलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ । सुरुमा बन्दसत्र बिहानै गर्ने तयारी भए पनि केन्द्रीय कमिटी बैठकका कारण समय सारिएको हो ।

नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सोमबार समापन गर्ने तयारी छ । यसपटक अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी गरेका छन् ।