समाचार

एमाले ११औं महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा आजदेखि

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज भृकुटीमण्डपमा सुरु हुँदैछ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सवा १२ बजेपछि सुरु हुने तय गरिएको छ ।

बन्दसत्र अघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्दैछ । समय सरेपछि प्रतिनिधिहरु बिहानैदेखि भृकुटीमण्डपमा भेला भएका छन् । त्यहाँ प्रतिनिधिहरुको चहलपहल बढेको छ भने नेताहरुले दस्तावेज र प्रचार सामग्री वितरण गरिरहेका छन् ।

नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सोमबार समापन गर्ने तयारी छ । अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दाबी गरेका छन् ।