समाचार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ । बन्दसत्र अघि बसेको बैठक पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था र बन्दसत्रका कार्यक्रमबारे छलफल गर्ने लक्ष्य राखेको छ। नेता महेश बस्नेतका अनुसार यो बैठक कार्यकालको अन्तिम बैठक हो।

भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भने बिहानै सुरु गर्ने तयारी भए पनि दिउँसो १ बजेका लागि सारिएको छ।